
काठमाडौं, भदौ २६ :
जेनजी आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालहरूबाट प्राप्त पछिल्लो विवरणमा ३४ जनाको मृत्यु पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म १,३६८ जना घाइते भएका छन्, जसमा ३२१ जनाको उपचार जारी छ भने ९४९ जना डिस्चार्ज भइसकेका छन्।
यस्तो छ अस्पतालमा मृत्यु हुनेको संख्या
राष्ट्रिय ट्रमा सेन्टर – ८ जना
सिभिल अस्पताल, काठमाडौं – ६ जना
भेरी अस्पताल – ५ जना
एभरेस्ट र फ्रन्टलाइन अस्पताल – ३–३ जना गरी ६
केएमसी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बयोधा अस्पताल – २–२ जना गरी ४
त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पताल – १–१ जना गरी २