
काठमाडौं, भदौ २७ :
राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी आन्दोलनका प्रतिनिधिबीच अहिले छलफल भइरहेको छ । राष्ट्रपति भवन शीलतनिवासमा भइरहेको छलफलका जेनजीका अगुवामध्येका सुदन गुरुङसहितका नेताहरु सहभागी छन् । उनलाई आज बिहान ९ बजे शीतलनिवास बोलाइएको भए पनि केहीबेर अघि मात्रै पुगेका हुन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न गुरुङले राष्ट्रपतिलाई आग्रह गर्ने भएका छन्। जेनजीका विभिन्न समूहहरूको तर्फबाट गुरुङले कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव गरेका छन् ।
गुरुङले नेपाली जनताको भावनाअनुसार अबको अन्तरिम सरकार बन्नुपर्ने बताउँदै आएका छन्। तर, उनले उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्नेमा पनि जोड दिँदै आएका छन्।