बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

शीतलनिवासमा राष्ट्रपति र जेनजीका अगुवाबीच छलफल

सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ भदौ, २०८२ मा प्रकाशित
शीतलनिवासमा राष्ट्रपति र जेनजीका अगुवाबीच छलफल
काठमाडौं, भदौ २७ :

राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी आन्दोलनका प्रतिनिधिबीच अहिले छलफल भइरहेको छ । राष्ट्रपति भवन शीलतनिवासमा भइरहेको छलफलका जेनजीका अगुवामध्येका सुदन गुरुङसहितका नेताहरु सहभागी छन् । उनलाई आज बिहान ९ बजे शीतलनिवास बोलाइएको भए पनि केहीबेर अघि मात्रै पुगेका हुन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न गुरुङले राष्ट्रपतिलाई आग्रह गर्ने भएका छन्। जेनजीका विभिन्न समूहहरूको तर्फबाट गुरुङले कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव गरेका छन् ।

गुरुङले नेपाली जनताको भावनाअनुसार अबको अन्तरिम सरकार बन्नुपर्ने बताउँदै आएका छन्। तर, उनले  उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्नेमा पनि जोड दिँदै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार