काठमाडौं, भदौ २७ :

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको नेपाल प्रहरीले जनाएको छ। मृतकमध्ये तीन जना सुरक्षाकर्मी, एक जना भारतीय महिला र अन्य सर्वसाधारण रहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआईजी विनोद घिमिरेका अनुसार प्रदर्शनमा परी ज्यान गुमाउनेहरु काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका व्यक्तिहरू छन्। 

प्रहरीका अनुसार प्रदर्शनको पहिलो दिनमै २१ जनाको मृत्यु भएको थियो, जसमा नौ जना कैदी थिए। त्यस्तै, बाल सुधार गृहमा रहेका पाँच जना बालकको पनि मृत्यु भएको छ। बाँकी अन्य मृतक जलेको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीसमेत ज्यान गुमाउनुपरेको भन्दै प्रहरी प्रशासनले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ।