
काठमाडौं, भदौ २७ :
जेनजी आन्दोलनपछि यतिबेला संकटमा रहेको नेपालमा फेरि अर्को संकटको हल्ला उब्जिएको छ । त्यो हो देशभर अब ग्यास तथा पेट्रोलको अभाव हुन लागेको।
गत भदौ २४ गतेको जेनजी आन्दोलनले उत्पन्न विषम परिस्थितिपछि व्यवसायीहरुले कृत्रिम अभावको अफवाह फैलाएपछि अहिले आम उपभोक्तामा पनि ग्यास तथा पेट्रोल अभावको डर पैदा भएको हो। जसले ग्यास अभाव हुने भन्दै अहिले ग्यास पसलहरुमा उपभोक्ताको भिड छ।
तर नेपाल आयल निगमले भने अहिले खाना पकाउने ग्यासको अभाव नभएको जनाएको छ। ग्यास अभाव हुने हल्ला फैलिरहेका बेला निगमले ग्यास तथा पेट्रोलको नियमित आपूर्ति भइरहेकोले हल्लाको पछि नलाग्न निगमले आग्रह गरेको छ। सबै उपभोक्ताले एकैपटक धेरै सिलिण्डर खरिद गर्दा कृत्रिम अभाव हुन सक्नेतर्फ निगमले सचेत गराएको छ।