बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने जिम्मेवारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ भदौ, २०८२ मा प्रकाशित
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ
काठमाडौं, भदौ २७ :

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । पूर्वप्रधानन्यायाधीश कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शुक्रबार राति आयोजित एक समारोहकाबीच उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपतिले संविधानको धारा–६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि राष्ट्रपति र जेनजीका प्रतिनिधिबीच सहमति भएको थियो । उनलाई ६ महिनाभित्र चुनाव गराइसक्नु पर्ने जिम्मेवारी छ ।

शपथ ग्रहण समारोहमा  उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, संवैधानिक निकायका प्रमुखहरु , सरकारी उच्च पदस्थ कर्मचारी,नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख , जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार