
काठमाडौं, भदौ २७ :
नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा विघटनको निर्णयप्रति गम्भीर असहमति जनाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले बैठकपछि जानकारी दिँदै भने, ‘वर्तमान परिस्थितिको विश्लेषण गर्दा यो निर्णय संविधानको मर्म र भावना विपरीत छ। ’पार्टीले राष्ट्रको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियालाई असर गर्ने गरी गरिएको प्रतिनिधिसभा विघटनलाई अस्वीकार्य ठहर गरेको छ।