काठमाडौं, भदौ २८ :

 संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ ।

पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै यहाँ स्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेस बुक मार्फत सो प्रतिक्रिया दिएको हो ।

बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।