काठमाडौं, भदौ २८ :

काठमाण्डौ जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाईएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सुचना जारी गर्दै आजबाट नै कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

सुरक्षा संवेदनशीलताको आधारमा भदौ २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको सुचनामा उल्लेख गरिएको छ ।