शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई दिए मोदीले शुभकामना

‘नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ भदौ, २०८२ मा प्रकाशित
अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई दिए मोदीले शुभकामना
काठमाडौं, भदौ २८ :

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री भएकोमा सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै भारतका प्रधानमन्त्रीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताएका हुन् ।

एक्समा भारतका प्रधानमन्त्रीले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार