
काठमाडौं, भदौ २८ :
प्रतिनिधिसभा विघटन भएसँगै रुपन्देही क्षेत्र नं. ३ मा तोकिएको उपनिर्वाचन स्वतः रद्द भएको छ। प्रतिनिधिसभा नै विघटन भएकाले सबै निर्वाचन कार्यक्रम स्वतः रद्द भएको हो।
रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने तय गरिएको थियो। राप्रपाका सांसद दीपक बोहराको निधनपछि उक्त क्षेत्र रिक्त भएको थियो।प्रतिनिधिसभा सदस्यको बाँकी कार्यकालका लागि मिति तय गरेर उपनिर्वाचनको तयारी गरिएको थियो।
मनाङ प्रदेश सभा क्षेत्र नं. २ मा तोकिएको उपनिर्वाचन भने यथावत् रहेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठनसँगै शुक्रबार प्रतिनिधिसभा विघटन गरिएको छ। साथै, आगामी फागुन २१ गते नयाँ आम निर्वाचन हुने मिति पनि घोषणा गरिएको छ।