
काठमाडौं, भदौ २८ :
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।
प्रधानमन्त्री कार्कीले शनिबार वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टर, बानेश्वरस्थित सिभिल अस्पताल पुगेर उपचाररत घाइतेहरूसँग भेटघाट गरिन्। उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै समुचित उपचारको सुनिश्चितता गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएकी छिन्।
जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
यसैक्रममा, उनले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरू र सरकारी भवनको पनि स्थलगत निरीक्षण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।
