
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने फेरि कारागार फर्किएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत फेरि कारागार फर्किने जानकारी दिएपछि उनी कारागार फर्किएका हुन् ।
संयोगले आज मेरो जन्मदिन परेछ। म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु भनी उनले संजालमा लेखेका छन्।
उनले पछिल्लो सरकारले आफू माथि चरम राजनीतिक प्रतिशोध साँधेर आफ्नो जिना हराम गरेको दाबी गरेका छन् । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु। ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन,सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथि नै छोड्न चाहन्छु। यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन उनले लेखेका छन् ।
उनी जेनजीआन्दोलनका क्रममा नख्खु कारागारबाट निस्केका थिए । उनले आफूलाई कारागार प्रशासनले नै सुरक्षा दिन नसक्ने भन्दै निकालेको पत्र देखाउँदै दाबी गरेका छन् । कतिपय त्यस पत्रलाई फेक भनेका छन् ।