काठमाण्डौं, भदौ २९ :

काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ ।

पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।