
काठमाडौं, भदौ २९ :
जेनजी आन्दोलनमा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ । आइतबार आगो निभाउँदै सरसफाइ गर्दा आगोले जलेर क्षत्विक्षत् भएको अवस्थामा शव फेला परेको प्रहरी वृत्त गौशालाले जनाएको छ।
गत मंगलबार प्रदर्शनकारीले लगाएको चुच्चेपाटीस्थित भाटभटेनीको आगो अझै निभेको छैन । प्रदर्शनकारीले सुरुमा नै भाटभटेनीलाई निसाना बनाएका थिए। शवको डीएनएपछि मात्रै शवको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।