
काठमाडौं, भदौ २९ :
पूर्वअर्थसचिव रामेश्वर खनाल नयाँ सरकारमा अर्थमन्त्री बन्ने भएका छन्। सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा खनालले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने करिब निश्चित जस्तै भएको छ।
चुनावी अन्तरिम सरकारलाई सकेसम्म गैरदलीय र निष्पक्ष बनाउने उद्देश्य राखिएकाले राजनीतिक पृष्ठभूमि नभएका विज्ञ व्यक्तिहरूको खोजी भइरहेको छ।
खनालले यसअघि तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग कार्यशैलीमा मतभेद भएपछि अर्थसचिव पदबाट राजीनामा दिएका थिए। लामो समयदेखि अर्थ प्रशासन तथा नीति निर्माणमा सक्रिय भूमिका खेल्दै आएका उनीलाई दक्ष र नीतिगत रूपमा दृढ व्यक्तित्वका रूपमा लिइन्छ।
