काठमाडौं, भदौ २९ :

हिन्दु धर्मावलम्बी महिलाहरुले पुत्रको दीर्घायु तथा सु–स्वास्थ्यको कामनासहित मनाउने जितीया पर्वका ब्रतालुहरुले जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल गंगासार पोखरीको डिलमा आइतबार साँझ पुजाअर्चाना गरेका छन् ।

जितीय पर्वको दोस्रो दिन आइतबार मिथिला क्षेत्रमा मनाइने जित वाहनको ब्रतालु महिलाहरूले पूजा र कथा समेत श्रवण गरेका छन् ।