
सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै नाराबाजी गरेको छ।
हिजो बेलुकी बनाईएको मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै ती युवाहरुले मध्यराति बालुवाटारमा पुगेर प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मा्दै नाराबाजी गरेका हुन् ।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि प्रधानमन्त्री राजीनामा दे, मुर्दामाथि राजनीति नगर लगायतका नारा लगाएका थिए ।
सुदनले भने ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं,त्यही ठाउँबाट थुतेर निकालिदिन्छु ।’
सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा नियुक्त भएकी सुशीला कार्कीले हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएको छ । तर सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट छ ।
सुदन गुरुङले भने ओमप्रकाश अर्यालको नाम लिदै ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,।सुदनका समर्थकहरुहरुले आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै आक्रोशित भएका थिए ।