काठमाडौं, भदौ ३० :

नवनियुक्त मन्त्रीहरुको सपथ आज हुने भएको छ । आज  ११:३० बजे सपथको कार्यक्रम हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो काठमाडौं महा नगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार आएको छ ।  

तर सुदनको समूहले आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट व्यक्त गरेका  छन् । सुदन गुरुङले  ओम प्रकाश अर्यालको नाम लिदै ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ भन्दै हिजो बालुवटारमा पुगेर नाराबाजी गर्दै आक्रोशित भएका थिए ।