
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् । महासचिव पोखरेलले समस्याको समाधान सधैँ सडकबाट खोज्ने हो भने देशमा स्थायित्व र विकास हुन नसक्ने बताए।
मुलुकलाई संविधानतर्फ फर्काउन तोकिएकै मितिमा निर्वाचन गर्न जरुरी रहेको उनको भनाइ थियो।
उनले भने,‘समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास हुन सक्दैन। मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी छ ।’
उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए । यही भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।