
काठमाण्डौं, भदौ ३१ :
एसिया कप २०२५ को नवौं खेल अफगानिस्तान र बंगलादेशबिच आज हुदैछ ।
खेल आज राती ८:४५ बजे अबुधाबीको शेख जायद रंगशालामा हुदैछ । यसअघि अफगानिस्तानले एक खेल खेलेको छ भने बंगलादेशले दुईवटा खेल खेलिसकेको छ ।
यसअघि अफगानिस्तानले पहिलो खेलमा हङकङलाई हराएको थियो भने बंगलादेश श्रीलंकासंग पराजित भएको थियो । यसैगरी दोस्रो खेलमा भने हङकङलाई पराजित गरेको थियो ।
अफगानिस्तानले यो खेल जित्यो भने सुपर ४ मा पुग्ने देखिन्छ यदि हारेमा यो टोलीले अर्को मौका पाउनेछ ।
यदि बंगलादेशले भने सुपर ४ मा रहन आजको खेल जित्नुपर्ने हुन्छ । यदि यो हारेमा टोली प्रतियोगिताबाट बाहिरिनेछ ।