शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र कर्पोरेट

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख १७ हजार पुग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ भदौ, २०८२ मा प्रकाशित
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख १७ हजार पुग्यो
काठमाडौं, भदौ ३१ :

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार प्रतितोला  दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा एक हजार ९०० बढेर  दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ पुगेको छ । आज चाँदी प्रतितोला २० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार