
काठमाडौं, भदौ ३१ :
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् ।
हर्कले सामाजिक सञ्जालबाटै आक्रोश पोख्दै बालेनप्रतिकडा टिप्पणी गर्दै आएपछि बालेनले उनलाई फकाउने प्रयास गरेका हुन् । यसअघि हर्कले जेनजी आन्दोलनपछि बालेन अगाडि नआएको भन्दै कडा आलोचना गरेका थिए । उनले फेसबुकमै भनेका थिए, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ लिडर भनिँदैन !’
बालेनले आफूलाई जति गाली गरेपनि हर्कलाई माया गर्न नछाड्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ साम्पाङ प्रधानमन्त्रीमा दाबी गर्दै काठमाडौँ आएका थिए ।
