काठमाडौं, भदौ ३१ :

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँका मेयर बालेन शाहप्रति फेरि आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।

मंगलबार फेसबुकमा स्टाटस लेख्दै हर्कले देश संकटमा रहेका बेला बालेन हाँसिरहेको आरोप लगाउँदै लेखे, ‘लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ, देशले कति गुमायो थाहा छ ?’

उनले बालेनप्रति थप आलोचना गर्दै भनेका छन्, ‘देश रोएको बेला ऊ हाँस्दै बसेको छ।’

यसअघि बालेनले भने हर्कको आलोचना प्रति सहज शैलीमा प्रतिक्रिया दिएका थिए। फेसबुकमै लेख्दै उनले, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन,’ भन्दै आफ्नो ‘एकतर्फी’ माया साँचो रहेको उल्लेख गरेका थिए।

जेनजी आन्दोलनपछि बालेन अगाडि नआएको भन्दै हर्कले तीव्र आलोचना गर्दै आएका छन्।