काठमाडौं, भदौ ३१ :

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न शुभ साइतहरू सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार यस वर्षको विजयादशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।

दसैँको सुरुआत असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनासँग हुनेछ। त्यसपछि क्रमशः अन्य धार्मिक तथा सांस्कृतिक कार्यहरूको शुभ साइत यस प्रकार रहेको छ ।

 प्रमुख साइतहरू

१. असोज ६ गते सोमबार – नवरात्रारम्भ, घटस्थापना: बिहान ९:१३ बजे
२. असोज ७ गते मङ्गलबार – झण्डा फेर्ने: बिहान ९:५३ बजे (पूर्व मोहडा)
३. असोज ११ गते शनिवार – श्री पचली भैरव यात्रा
४. असोज १३ गते सोमबार – फूलपाती, श्री तुलजा भवानी यात्रा: बिहान ७:१७ बजे
५. असोज १४ गते मङ्गलबार – महाष्टमी, कालरात्रि
६. असोज १५ गते बुधवार – महानवमी, स्थिरासन: बिहान ९:२३ बजे
७. असोज १६ गते बिहीबार – विजया दशमी, देवी विसर्जन: बिहान ९:२३ बजे

टीका लगाउने शुभ साइत: बिहान ११:५३ बजे (पूर्व मोहडा)
श्री तुलजा भवानी यात्रा: दिउँसो १२:१९ बजे
स्थिरासन: दिउँसो १:१७ बजे

खड्ग यात्रा
८. असोज २० गते सोमबार – अखिल बलिपूर्ति
९. असोज २० गते सोमबार – कोजाग्रत व्रत, पूर्णिमा व्रत