काठमाण्डौं, भदौ ३१ :

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।
    
यसैबीच राष्ट्रियसभाले आज एक सूचना जारी गर्दै सभाको चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेको छ ।