
जुम्ला, असोज १ :
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
कर्णाली राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका–१ स्थित गगने खोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
कर्णाली राजमार्गको गगने खोला क्षेत्रमा यसअघि पनि पटक पटक पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको थियो । राजमार्गको सबैभन्दा बढी जोखिम ठाउँ पनि हो ।
अविरल वर्षाले खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र कुमार चौधरीले जानकारी दिए । पहिरो पन्छाउन समय लाग्ने भएको छ ।