काठमाडौं, असोज १ :

बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

आफ्नो पदबाट राजीनामा दिँदै उपसभामुख अप्सरा चापागाईलाई पत्र पठाएको बताईएको छ ।

नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम सभामुख पाठकले उपसभामुख समक्ष आज आफ्नो राजीनामा पत्र पठाएका हुन् ।

जेनजी प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।

राजीनामा पत्रमा पाठकले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित नलागेको उल्लेख गरेका छन् ।

राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख,मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई पनि दिएका छन् ।