आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र कर्पोरेट

उद्योग व्यवसायमा ३६ अर्बको क्षति, १५ हजारभन्दा बढी रोजगारी प्रभावित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ असोज, २०८२ मा प्रकाशित
उद्योग व्यवसायमा ३६ अर्बको क्षति, १५ हजारभन्दा बढी रोजगारी प्रभावित
काठमाडौं, असोज १ :

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतका उद्योग व्यवसायमा करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

सीएनआईका अनुसार हाल क्षतिको विवरण संकलन र मूल्यांकन कार्य जारी रहेकाले क्षतिको आँकडा अझै बढ्न सक्ने सम्भावना छ। उक्त घटनाबाट करिब साढे १५ हजार रोजगारी प्रत्यक्ष प्रभावित भएका छन्। भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरी केबलकार, मौलाकाली केबलकार र होटल तथा पर्यटन क्षेत्रजस्ता रोजगारी केन्द्रित संस्थामा क्षति पुगेको छ।

२८ भाटभटेनीमध्ये २१ वटा सुपरमार्केटमा क्षति पुगेको छ। तीमध्ये ९ वटा पुनः सञ्चालनमा आएका छन् भने बाँकी १२ पूर्ण रूपमा ध्वस्त भएका छन्।

होटल संघ नेपाल (हान)का अनुसार करिब २५ होटलमा क्षति पुगेको छ र करिब २ हजार कर्मचारीको रोजगारी प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। व्यावसायिक संस्थाहरूले कर्मचारीलाई तत्काल रोजगारीबाट नहटाउने बताएका छन्, तर अवस्था सामान्य नहुँदासम्म रोजगारी अस्थायी रूपमा प्रभावित हुने देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार