
सुनसरी, असोज १ :
पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ ।
बुधबार साँझदेखि कोसी ब्यारेज भएर बग्ने यस नदीको पानीको बहावमा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बुधबार राति १० बजे गरिएको मापनअनुसार दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसकेन्ड पानीको बहाव रहेको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । बुत्रबार राति ८ बजेको मापनअनुसार नदीमा दुई लाख ४८ हजार २०० क्युसेक प्रतिसेकेन्ड बहाव रहेको थियो ।
पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएका छन भने खतरा स्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ ।