काठमाडौं, असोज २ :

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१ /०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ-आफ्नो आयोगको प्रतिवेदन पेस गरेको  प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज  जारी विज्ञप्तिमा उल्लेख छ ।

मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आ-आफ्नो आयोगको प्रतिवेदन पेस गरेकी हुन् ।