मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

कागेश्वरी मनोहरा नगरपालिकाले गर्‍यो नगरभित्रका पानी फ्याक्ट्री र बालश्रमको अनुगमन[तस्बिरसहित]

प्रशोधनदेखि रिफिल गर्दासम्म सरसफाईमा ध्यान दिन सचेत गराइयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २ असोज, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरा नगरपालिकाले गर्‍यो नगरभित्रका पानी फ्याक्ट्री र बालश्रमको अनुगमन[तस्बिरसहित]
काठमाडौं, असोज २ :

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकाभित्र रहेका पानी फ्याक्ट्रीको अनुगमन गरेको छ । 

नगरपालिकाका मेयर/उपमेयरको नेतृत्वमा बिहीबार निस्केको प्राविधिकसहितको टोलीले नगरपालिकामा रहेका सबैजसो पानी फ्याक्ट्रीको अनुगमन गरेको हो ।

उनीहरुले अनुगमनका क्रममा पानीको गुणस्तर, जार र बोतलको अवस्था र सरसफाईप्रति विशेष चासो राखेका थिए । पानीकै कारण विभिन्न रोग लाग्ने हुँदा नगरभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा केही फ्याक्ट्रीले पानी भर्ने र सरसफाईमा लापरबाही गरेको  देखिए पनि पानीको गुणस्तर भने पिउन योग्न नै रहेको उपमेयर शान्ता थापाले जानकारी दिइन् ।

त्यस क्रममा पानीको गुणस्तरसँगै ती फ्याक्ट्रीहरुमा बालश्रम शोषण भए/ नभएको बारेमा समेत जानकारी लिइएको थियो । ‘सबल,सक्षम,सुशासनयुक्त विकासमुखी स्थानीय सरकार’को मूल नारालाई आत्मसात गर्दै कागेश्वरी मनोहरा नगरपालिका जनताको सेवामा तल्लिन रहेको छ । यो नगरपालिका धार्मिक,सांस्कृतिक र प्राकृतिक रुपमा पनि सुसम्पन्न रहेको छ ।

 

 

 

 

 

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार