शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

रास्वपाले सद्भाव तथा सहकार्य अभियान सुरु गर्ने

· बिहीबार, २ असोज, २०८२ मा प्रकाशित
रास्वपाले सद्भाव तथा सहकार्य अभियान सुरु गर्ने
काठमाडौं, असोज २ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी सचिवालयको आजको बैठकले वर्तमान सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकारबारे देखाएको चासोलाई स्वागत गर्दै आवश्यक सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेको हो । 
    
रास्वपाका प्रवक्ता मनिष झाले जेनजीका धेरै नागरिक मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै आफूहरुले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । 
    
पार्टीले प्रवासमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास / कन्सुलेट तथा नेपालका अन्तरराष्ट्रिय विमानस्थलका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न प्रस्तावसमेत गर्ने जनाएको छ  ।
    
यस्तै, रास्वपाले सद्भाव तथा सहकार्य अभियान सुरु गर्ने निर्णय गरेको छ । “जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले पार्टीले ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्नेछ”, बैठकका निर्णय समावेश विज्ञप्तिमा भनिएको छ । 
    
आगामी फागुनमा आमनिर्वाचन तय भएसँगै रास्वपाको पहिलो महाधिवेशनको पूर्वनिर्धारित कार्यक्रम प्रभावित हुने भएको छ ।

सचिवालयको बैठकले परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनबारे आवश्यक छलफल र निर्णय आगामी बैठकमा गर्ने प्रस्ताव समेत गरेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठक आश्विन ७ गते मङ्गलबार केन्द्रीय कार्यालयमा  बस्ने जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार