चितवन, असोज ३ :

शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस २०८२ मनाइएको छ ।

संविधान दिवस मूल समारोह समिति चितवनले आज यहाँ दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो ।

मुलुकमा शान्तिको कामना गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा परेवा उडाएका थिए । कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख एबं उप प्रमुखहरु, राजनीतिक दलका नेताहरूको सहभागिता थियो ।

त्यस अवसरमा कार्यालय परिसरमा वृक्षरोपण, झण्डोत्तोलन लगायतका कार्यक्रमहरू राखिएको थियो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले संविधानको निरन्तरता र पालनाका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।