शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार स्वास्थ्य

स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि त्रिपालमुनि बिरामीको उपचार

· शनिबार, ४ असोज, २०८२ मा प्रकाशित
स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि त्रिपालमुनि बिरामीको उपचार
काठमाडौं, असोज ४ :

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ ।

तीस वर्षअघि निर्माण भएको एक तले भवनको छानो चुहिन थालेपछि त्रिपालमुनि बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । चौकीका प्रमुख अजित विकले बर्खायाममा पानी चुहिएर समस्या भएपछि त्रिपालले छाना छोपेर बिरामीको उपचार गर्ने गरिएको बताए ।

“जीर्ण भवनमा पानी चुहिएर समस्या भएको छ । तीन वर्षयता बर्खामा त्रिपालमुनि बिरामी राखेर सेवा दिएका छौँ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौँ । त्रिपाल थोत्रो भएकाले यसपालि पनि वडा कार्यालयसँग त्रिपाल माग गरेका छौँ ।”

बिरामी जाँच, औषधि वितरणदेखि सामान्य उपचारसम्म जीर्ण भवनमै हुने गरेको छ । छानाबाट पानी चुहिने समस्या समाधान गर्न छानामा त्रिपाल ओढाएर अस्थायी व्यवस्था मिलाइएको छ । भवनमा भएका चार वटा कोठा साँघुरा छन् ।

यस वर्षदेखि प्रसूति सेवा पनि सुरु गरेको स्वास्थ्यचौकीमा मासिक १५० देखि २०० जनाले सेवा लिने गरेका छन् ।

निस्कोट स्वास्थ्यचौकीको भवन विसं २०५० मा निर्माण भएको थियो । मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले जग्गाको अभावमा स्वास्थ्यचौकीको भवन निर्माण प्रक्रिया अघि बढाउन नसकेको बताए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार