चितवन, असोज ४ :

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिकै  हिजो साँझदेखि नै खसेको पहिरोका कारण अवरुद्ध सडक अहिले सम्म पनि संचालनमा आउन सकेको छैन्।

ठुलो सुख्खा पहिरोपछि निरन्तर रुपमा माथिबाट माटो र ढुंगा खस्ने क्रम नरोकिएकोले तत्काल सडक खुलाउन सम्भव नभएको बताईएको छ ।  यात्रुहरुलाई आवागमन नगर्न पनि अनुरोध गरिएको छ  । अहिले यातायात पुर्णरुपमा ठप्प नै भएको छ ।

तर पहिरो पन्छाउने क्रम जारी रहदा पुन  आज बिहान  थप ठूलो पहिरो खसेर सडकको धेरै भाग ढाकिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

हाल तीनवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरी दुवैतर्फबाट पहिरो हटाउने प्रयास भइरहेको छ।

माथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन पहिरो हटाउने काम सहज रुपमा गर्न सकियो भने आज दिउँसो मात्रै  सडक सञ्चालनमा ल्याउन सकिने अनुमान गर्न सकिन्छ ।