काठमाडौं, असोज ४ :

मुग्लिन–नारायणगढ  सडक खण्डमा पर्ने तुइन खोला नजिकै गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।

पहिरो जाँदा हिजो साँझदेखि नै हजारौं यात्रु अलपत्र परेका हुन् ।  काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधन लामो समयसम्म रोकिँदा हजारौ यात्रुहरू मर्कामा परेका छन् ।

हिजो साँझ ६ बजे पछि यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू अड्किएका हुन् ।  

मुग्लिनमा, आबुखैरेनीलगयत ठाउँमा मानिसहरु रोकिएका छन् ।    देशभरकै सडकहरुको अवस्था राम्रो छैन् । दशैं मनाउन घर जानेहरुको संख्या धेरै छन् ।

दशैंको लागि  बीपी राजमार्ग २४ सै घण्टा खोलिने निर्णय गरिएपनि सो राजमार्ग अन्तर्गत पर्ने चौकिडाँडा, नारायणगढ–बुटवल खण्डअन्तर्गत पर्ने दाउन्ने सडक खण्डमा  पनि हिजोदेखि सडक अस्तव्यस्त बनेको छ ।

चाडपर्वलाई मध्यनजर गरी सरकारले सडक मर्मत सम्भार नै नगरेको यातायात व्यवसायीको भनाई छ ।

यही विषयलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बैठक बस्दैछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बस्ने यस बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घ र मजदुर लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी हुने बताईएको छ  ।