शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

मधेस प्रदेशसभाको बैठक असोज ७ गते आह्वान गर्ने सर्वदलीय सहमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ असोज, २०८२ मा प्रकाशित
मधेस प्रदेशसभाको बैठक असोज ७ गते आह्वान गर्ने सर्वदलीय सहमति
धनुषा, असोज ४ :

मधेस प्रदेश सभाको बैठक यही असोज ७ गते मङ्गलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ ।

जनकपुर धाममा आज  मधेस प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सो सहमति भएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिएका छन्  ।

मधेस प्रदेशसभाका सबै राजनीतिक दलले सङ्घीयताको विषयमा एक रहनाका साथै सकारात्मक सन्देश प्रवाह गर्न बैठक आह्वान गर्ने निर्णय भएको सभामुख मण्डलले बताए ।

जेनजी प्रदर्शनका क्रममा मधेस प्रदेश सभामा आगजनी एवं तोडफोड तथा लुटपाट भएका कारण रु ४० करोड बढीको क्षति भएको र क्षतिग्रस्त संरचनाको तत्काल सामान्य मर्मत गरेर प्रदेश सभा बैठक आह्वान गर्ने सहमति भएको सचिवालयले जनाएको छ ।

बैठकमा मधेस प्रदेशका मुख्य मन्त्री सतीश कुमार सिंह लगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार