काठमाडौं, असोज ४ :

सरकारले यात्रुवाहक सवारीका लागि सोमबारबाट रुट परमिट खुला गरेको छ ।

घटस्थापनाको दिन असोज ६ गतेबाट  २२  गतेसम्म देशभर  रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी सञ्चालनमा रोक लगाईएको छ ।  तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने  सञ्चालन गर्न दिइने  विभागले जनाएको छ ।