शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

कुन देशमा कति बजे दसैँको टीका लगाउने, यस्तो छ साईत

· शनिबार, ४ असोज, २०८२ मा प्रकाशित
कुन देशमा कति बजे दसैँको टीका लगाउने, यस्तो छ साईत
काठमाडौं, असोज ४ :

अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ ।

समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले बताए ।  

समितिले नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे,  दिल्ली,  भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११:४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११:२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११:५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११:०५, टेक्सासका लागि अक्टोबार ११:३३, वासिङ्गटन डिसीका लागि ११:३५, क्यालिफोर्नियाका लागि बिहान ११:११, कोलोराडोका लागि ११:२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए ।

यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११:५५,  भ्यानकुभरका लागि ११:३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११:३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११:४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११:१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११:५३, एडिलेटका लागि ११:३५, क्यानबेराका लागि ११:५१, तास्मानियाका लागि ११:४५, पर्थका लागि ११:२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११:४७ बजेको साइत शुभ रहेको छ ।

यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११:२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९:२३, लण्डन बेलायतका लागि बिहान ०९:१७, पेरिस, फ्रान्सका लागि बिहान ०९:५७, नर्वेको ओस्लोका लागि बिहान १०:०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११:११, अवुधावी युएइका लागि बिहान १०:५५, दोहा कतारका लागि बिहान १०:१३, बैंकक थाइल्याण्डका लागि बिहान १०:४५, सियोल दक्षिण कोरियाका लागि बिहान १०:५७, तेल अभिभ इजरायलका लागि बिहान ११:३५, सिङ्गापुरका लागि बिहान ११:०९, हङ्गकङ्गका लागि बिहान ११:४५, साउदी अरेबियाका लागि बिहान १०:५५, याङ्गून म्यानमारका लागि बिहान १०:२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १०:२५ र माल्टाका लागि बिहान १०:५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार