काठमाडौं, असोज ५ :

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल हुने बताईएको छ ।  

भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो भने धेरै ठूलो मानवीय तथा  भौतिक क्षति पनि भएको  छ ।

ओली नेतृत्वको सरकार ढलेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ ।