काठमाडौं, असोज ५ :

काठमाडौंको माछा पोखरी बाइ पासको उकालो चोकमा भएको बस दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।

बा ५ ख ५० नम्बरको बस तारकेश्वरबाट माछा पोखरी आउँदै गर्दा  आज बिहान दुर्घटनामा  परेको हो।

मोटरसाइकललाई  जोगाउन खोज्दा बस  सडकमै पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।