काठमाडौं, असोज ५ :
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री कार्कीले बैठकका लागि मन्त्रिपरिषद् सदस्यहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएकी हुन्।
सरकारी स्रोतका अनुसार बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा विशेष छलफल हुने बताइएको छ। हाल प्रधानमन्त्री कार्कीसहित जम्मा चार सदस्यीय मन्त्रिपरिषद् रहेको छ। अपूर्ण रहेको मन्त्रिपरिषद्लाई विस्तार गरेर सरकारलाई प्रभावकारी बनाउने उद्देश्यले बैठक आह्वान गरिएको हो।
बैठकमा मन्त्रालयको बाँडफाँट, समसामयिक राजनीतिक विषयवस्तु, तथा आगामी कार्ययोजनाबारे पनि छलफल हुने अनुमान गरिएको छ। सरकार गठन भएको केही समय बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।