आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

चाक्सीबारीमा कांग्रेसका ५ पूर्वपदाधिकारीबीच छलफल, के भयो निर्णय?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ असोज, २०८२ मा प्रकाशित
चाक्सीबारीमा कांग्रेसका ५ पूर्वपदाधिकारीबीच छलफल, के भयो निर्णय?
काठमाडौं, असोज ५ :

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका पाँच पूर्वपदाधिकारीबीच छलफल भएको छ । जेनजी आन्दोलनपछिको सरकार परिवर्तन, कांग्रेसको आगामी रणनीति र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।

यस्तै बैठकले सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै केन्द्रीय समितिको बैठक बोलाउन ध्यानाकर्षण गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

अहिलेको विषम परिस्थितिमा कांग्रेस एकताबद्ध हुनुपर्ने र संकटबाट निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने ठहर बैठकले गरेको ती नेताले बताए । नेताहरुले जेनजी आन्दोलनकारीहरुले आगजनी गरि ध्वत बनाएको नेता सिंहको घरको पनि अवलोन गरेका थिए ।

बैठकमा सिंहसहित विमलेन्द्र निधि, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका छन् । आजको बैठकमा विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार