
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका पाँच पूर्वपदाधिकारीबीच छलफल भएको छ । जेनजी आन्दोलनपछिको सरकार परिवर्तन, कांग्रेसको आगामी रणनीति र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।
यस्तै बैठकले सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै केन्द्रीय समितिको बैठक बोलाउन ध्यानाकर्षण गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।
अहिलेको विषम परिस्थितिमा कांग्रेस एकताबद्ध हुनुपर्ने र संकटबाट निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने ठहर बैठकले गरेको ती नेताले बताए । नेताहरुले जेनजी आन्दोलनकारीहरुले आगजनी गरि ध्वत बनाएको नेता सिंहको घरको पनि अवलोन गरेका थिए ।
बैठकमा सिंहसहित विमलेन्द्र निधि, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका छन् । आजको बैठकमा विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए ।