
अघिल्लो साताको बिहीबार १६०.३३ अंकले घटेको नेप्से आइतबार भने १११.७० अंकले बढेको छ ।आइतबार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्सेको पुँजीकरण पनि ४.४४ प्रतिशतले वृद्धि भएको छ ।
आइतबार नेप्सेमा २ सय ५२ वटा कम्पनीको कारोबार भएकोमा २२४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने २८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भयो ।
९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो ।आइतबार नेप्सेमा भएको सेयर कारोबारमा ९ वटा विभिन्न कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लाग्यो । आजको सेयर कारोबारमा म्यूचुअल फन्ड र निर्जीवन बिमा समूह बाहेक अन्य सबै समूहमा हरियाली भएको छ ।
निर्जीवन बिमा ४.०२ प्रतिशत घट्यो । व्यापार समूह सबैभन्दा धेरै ८.६६ प्रतिशत बढ्यो । बैंकिङ ४.५२, विकास बैंक ६.०७, फाइनान्स ५.५४, होटल तथा पर्यटन २.३३, हाइड्रोपावर ५.८३, लगानी ७.६८, जीवन बीमा ५.६६, उत्पादन तथा प्रशोधन ४.८५, माइक्रोफाइनान्स ३.६९ तथा अन्य १.५३ प्रतिशत बढे ।
१० प्रतिशत मूल्य बढेका कम्पनीमा शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, अपी पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, हिमस्टार ऊर्जा कम्पनी, माथिल्लो तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रिडी पावर, सिक्लेस हाइड्रोपावर छन् ।
मूल्य धेरै घट्नेमा आज निर्जीवन बीमा कम्पनीहरु अगाडि देखिएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.६४, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.६६, राष्ट्रिय बीमा कम्पनीको ५.५९, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५.०५ प्रतिशत मूल्य घट्यो । त्यस्तै तारागाउँ रिजेन्सीको ४.८७ तथा नेको इन्स्योरेन्सको ४.५७ प्रतिशत मूल्य घट्यो ।