
प्रधानमन्त्री सुशीला कार्कीसँग घाइते जेनजी युवाहरुको एउटा समूहले भेट गरेको छ । भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते केही जेनजीहरुले प्रधानमन्त्रीसँग भेट गरेर आफ्ना मागहरु राखेका छन् ।
उनीहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका सिडिओ छवि रिजाललाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा जलेको पैसाको स्रोत खोजबिन हुनुपर्ने, सबै घाइतेको निःशुल्क उपचार तथा क्षतिपूर्ति पाउनुपर्ने र नेपालको संविधान २०७२ खारेज गर्नुपर्ने माग राखेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा झण्डै डेढ घण्टा छलफल भएको थियो । त्यसअघि उनीहरुले गृह मन्त्रालय पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई मागपत्र बुझाएका थिए । त्यहिँबाट प्रहरीको गाडीमा राखेर प्रधानमन्त्री कार्यालय पुर्याइएको हो ।
छलफलमा घाइतेहरु सुशीला गौतम, रुबिना खड्का, आदित्य रावल, सुरेश एडी, गोकर्ण विष्ट, प्रकाश दाहाल, लोकेन्द्र खड्का, चम्पा लामा, भुवन दाहाल, अनिल दास, बादल राई, रुपिन खड्का र आदित्य रावललगायत सहभागी थिए ।