काठमाडौं, असोज ५ :

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउँदै सरुवा गरेको छ। शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले शाक्यको स्थानमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारको यो निर्णयसँगै विद्युत् प्राधिकरणको नेतृत्व फेरबदल भएको छ ।  

उर्जामन्त्री बनेका कुलमानले बदला लिएका छन् । तत्कालीन केपी ओली सरकारले  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सो पदमा नियुक्त गरेको थियो । घिसिङको यो निर्णयले उनी र ओली सरकारबीच खासै भिन्नता नभएको केही राजनीतिक विश्लेषकको भनाइ छ । अन्तरिम सरकारको काम कसैसँग बदला लिने होइन मिलाउँदै लैजानु पर्ने बताउँछन् ।