काठमाडौं, असोज ६ :

नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो २ बजे हुने भएको छ ।

आज २ बजेका लागि शपथको समय निर्धारण गरिएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।

तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने आज शपथ हुने नहुने निश्चित भइ नसकेको शीतल निवास स्रोतले  बताएको छ । स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा भएको भनिएको अनियमिततामा उनीमाथि प्रश्न रहेको पाइएपछि विवाद भएको बुझिएको छ ।