बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार प्रदेश बागमती प्रदेश

नारायणगढ-मुग्लिन सडक दिउँसो १ बजेदेखि २ घण्टा बन्द गरिने

पहिरो हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ असोज, २०८२ मा प्रकाशित
नारायणगढ-मुग्लिन सडक दिउँसो १ बजेदेखि २ घण्टा बन्द गरिने
फाइल तस्बिर ।
चितवन, असोज ६ :

नारायणगढ-मुग्लिन सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो । सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

दशैं मनाउन घर फर्किने क्रम अब बढ्ने भएकाले बाँकी पहिरो पनि हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भएको छ ।

तुइन खोला पुल नजिक पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदा दसैँमा घर हिँडेका यात्रुहरुको बिचल्ली हुने गरेको छ । पहिरोका कारण गत शुक्रबारदेखि करिब ४५ घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका थिए ।

कुनै पनि बेला पहिरो खस्न सक्ने आशंकामा त्यहाँ  सडक एकतर्फी सञ्चालनमा गरिएको छ । लेन अनुशासन समेत पालना नहुँदा ठाउँठाउँमा जाम हुने गरेको हुँदा ट्राफिक प्रहरीले र सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी चलाउनु सबैलाई अनुरोध गरेका छन् ।

तुइन खोला पहिरो पन्छाउन

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार