
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यतिखेर भक्तपुरको गुन्डुस्थित भाडाको घरमा बसिरहेका छन्। आफ्ना घरहरू जलेपछि महेश बस्नेतको छिमेकी बन्दै ओली त्यहीँबाट पार्टीभित्रको शक्ति सन्तुलनमा सक्रिय छन्।
यतिबेला उनी एकजना सदस्यसँग गुन्डुमै संवाद गरिरहेका छन् । विदेशी शक्तिले जेन–जी आन्दोलनको आडमा एमालेमा हस्तक्षेप गरेको आरोप लगाउने ओलीले आफू चाँडै ‘कमब्याक’ गर्ने संकेत गरेका छन्। भेटका क्रममा ओलीले कुनै पश्चातापको भाव देखाएका छैनन् बरू जेनजीका नाममा विदेशीले खेलेको आशंका व्यक्त गर्दै आएका छन् ।
शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाललगायत निकट नेताहरू ओलीकै पक्षमा माहोल बनाउन खटिएका छन्। उता पार्टीभित्रैबाट नेतृत्व परिवर्तनको स्वरहरू उठिरहेका छन् भने कतिपय नेताहरू मौन छन्। तर ओली भने गुमाएको पकड पुनः कायम गर्न जुटिरहेका छन्।
पत्नी राधिका शाक्यले बालकोटको जलेको घरमा पुगी खरानीको टीका लगाउँदा ओली भने भेटघाट र छलफलमै व्यस्त छन्। उनी अहिलेको अवस्थामा गुन्डुको दोबाटो काटेर अगाडि बढ्ने स्थितिमा छैनन् ।