काठमाडौं, असोज ६ :

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार भएको छ । सोमबार चार नयाँ मन्त्री थपिएका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरु अनिलकुमार सिन्हा, महावीर पुन, पत्रकार जगदिश खरेल, मदन परियारले मन्त्रीहरुलाई शपथ गराएका छन् ।

सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना,पुनले शिक्षा विज्ञान तथा प्रविधि र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । यो सँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिमण्डल ८ सदस्यीय बनेको छ ।यसअघि  तीन मन्त्री नियुक्त भइसकेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । 

शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री कार्कीसहित सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना मगर, पूर्वप्रधानमन्त्रीहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु र विशिष्ठ कर्मचारीहरु पुगेका थिए  ।